घोराही, १ जेठ । अनेरास्ववियु दाङले मंगलबार घोराहीमा रक्तदान कार्यक्रम गरेको छ । अनेरास्ववियुको ५३औं स्थापना दिवसका अवसरमा अनेरास्ववियुले राप्ती शिक्षा क्याम्पसमा रक्तदान गरेको हो ।

उक्त अवसरमा १५ जनाले रक्तदान गरेको अनेरास्ववियुले जनाएको छ । रक्तदान गर्नेहरुमा विद्यार्थीहरु बिन्दु पुन, सम्झना पुनमगर, पूजा रानामगर, उदिराम खत्री, सुनिता बुढामगर, शिवा भट्टराई, निरञ्जन पाठक, रीता खनाल, विराज डिसी, भावकुमार पुन, विणा ज्ञवाली, यमराज पाठक, विरोचन चौधरी, सर्जन परियार र जीतकुमार घर्ती रहनुभएको छ ।

अनेरास्ववियु दाङको आयोजनामा भएको रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरुले रक्तदान नै सबैभन्दा ठूलो सेवा तथा दान भन्दै यसलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । लाखौं विद्यार्थीहरुको साझा संगठनको रुपमा स्थापित अनेरास्ववियुले विद्यार्थी हक अधिकारका विषयमा मात्र नभई सामाजिक सेवा र विभिन्न रचनात्मक क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिएको अनेरास्ववियुका अध्यक्ष सर्जन परियारले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस