घोराही, ४ जेठ । लघु उद्यममार्फत नगरबासीलाई स्वरोजगार बनाउन घोराही उपमहानगरपालिकाले उद्यम विकास योजना बनाउन थालेको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय दाङ र मेडेपको सहयोगमा दुईदिने ५ वर्से उद्यम विकास योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ ।
स्थानीय स्रोत साधनको अधिकतम प्रयोगसँगै उत्पादनहरुलाई उद्यमसँग जोडेर स्वरोजगार बनाउने योजना उपमहानगरले बनाएको छ । नगरका वडाहरुमा भएका उद्यमका विशेषताको पहिचान गरी नागरिकहरुलाई आर्थिकरुपमा सक्षम बनाउन उपमहानगरले योजना तयार गर्न थालेको हो ।नगर कार्यपालिका, शाखा प्रमुख र अन्य सरोकारवाला उद्यम विकासमा आबद्ध भएका क्षेत्रका प्रतिनिधिहरु सहभागी रहेको कार्यक्रममा उपमहानगरले ५ वर्षभित्र लघु उद्यमको विकासमा गर्नसक्ने कामहरुको खाका तयार गर्दैछ ।
वडागतरुपमा सम्भाव्य उद्यमहरुको पहिचान गरेर त्यसको प्रवर्द्धन र प्रयोगमा नागरिकहरुलाई सहभागी गराउने गरी योजना तयार गर्न लागिएको हो । नगर क्षेत्रमा पशुपालन, कृषि उत्पादनसँगै विभिन्न प्रकृतिका व्यवसाय सञ्चालनमार्फत नागरिकहरुको जीवनस्तर उकास्ने योजना तयार गर्न लागेको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा मेडेपका क्षेत्रीय प्रबन्धक भीमबहादुर विष्टले गराउनुभएको थियो । विकास योजना तयार पार्नका लागि परामर्शदाताका रुपमा उद्योग विकासको क्षेत्रमा काम गर्दै आउनुभएको सूर्य नेपाल रहनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस