घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानेले बालविवाह नगर्न र नगराउन सबैलाई आग्रह गर्नुभएको छ ।
दाङ सञ्चार प्रालिको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा आजदेखि रामपुरमा सुरु भएको दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यबहाक नगर प्रमुख न्यौपानेले बालविवाहले धेरै असर निम्त्याउने बताउनुभयो ।
बालविवाहलाई निरुत्साहित गर्न स्वयम् बालबालिका सचेत हुनुपर्ने र त्यसमा अभिभावकहरुले विशेष चासो राख्नुपर्ने बताउनुभयो । बालबिबाहले तत्कालीन र दीर्घकालिन असरहरु निम्त्याउने भन्दै उहाँले बालबालिकालाई सचेत बन्न आग्रह गर्नुभयो ।बालविवाहले शारीरिक, मानसिक र सामाजिकरुपमा असरहरु निम्त्याएका उदाहरणहरु प्रशस्त रहेको भन्दै उहाँले अब बालविवाह न्यूनिकरण गर्न कानुन कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।
वडा नम्बर २ का अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्की, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीलगायतले बालविवाहलाई कसैले पनि प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो । अभिमुखीकरणको प्रशिक्षकहरुमा विकिरण गौतम, जेएन सागर, इन्द्र डिसी र मोतीकुमारी विश्वकर्मा रहनुभएको छ ।
वडा सचिव विष्णु गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतमले गर्नुभएको थियो । बालविवाह न्यूनिकरण अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावक गरी ५० बढीको सहभागिता रहेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस