घोराही, ९ जेठ । भावनात्मक रुपमा एकजुट हुन सकेमा अधिकार प्राप्त गर्नका लागि कसैलाई गुहार्नु नपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ घोराही नगर समितिको आज सम्पन्न भएको भेलामा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
बिगतमा आफ्नै कारणले पछाडि पारिएको भन्दै उनीहरुले जनजाति समुदायका अधिकार प्राप्तिका लागि सबै जनजातिहरुबीच एकता हुन आवश्यक रहेको बताएका थिए । नगर अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष टीका श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस अवसरमा बोल्ने वक्ताहरुले अधिकार प्राप्त गर्नका लागि अरुको भर पर्नु गलत हुने बताएका थिए । राज्य सत्ता सञ्चालन गर्ने व्यक्तिहरुबाट जनजातिहरु पीडित भएको भन्दै त्यसको क्षतिपूर्ति हुनुपर्ने सहभागीहरुले बताएका थिए ।
त्यस अवसरमा जिल्ला सल्लाहकार नारायणप्रसाद श्रेष्ठ, नेपाल मगर संघका पूर्व महासचिव रामचन्द्र थापा मगर, जिल्ला अध्यक्ष सितलाल पुन मगर, थारु कल्याणकारिणी सभाका अध्यक्ष तेजमान चौधरी, मथुराप्रसाद श्रेष्ठ, पत्रकार लक्ष्मीमान चौधरी, चाहाना गुरुङ, कानुन व्यवसायी दीपक थापा, रचना कुमाल, लीला कुमाल, कमला कुसुण्डाले बोल्नुभएको थियो ।
भेलामा सचिव रामशरण चौधरीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मुक्त बुढा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भेलाको सहजीकरण सहसचिव शालिकराम चौधरीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस