दाङ, जेठ १५ । दाङमा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीका ९ वर्षीय सुनिल विकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विकलाई सोमबार बेलुका घरभित्रै विषालु सर्पले टोकेको थियो। सर्पको डसाइबाट गम्भीर बिरामी परेका उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस