तुलसीपुर, १५ जेठ । तुलसीपुर उप महानगरपालिका वडा नम्वर ११ को आयोजामा प्रावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा गोल्डेन स्टार वोर्डिङ स्कुल बेल्टाकुराको तर्फबाट आस्तिका योगी, संगम लामिछाने र सन्ध्या मल्लको समूह प्रथम भएको छ ।

यस्तै चन्द्रोदय विद्याकुञ्ज जस्पुर द्वितीय र दङ्गीशरण बोर्डिङ स्कुल तृतीय भएको थियो । सो अवसरमा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो । वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षता तथा अमर मावि उरहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा महिला मानवअधिकार रक्षकहरुको सञ्जालका जिल्ला अध्यक्ष शुष्मा गिरी, शिक्षकहरु थानेश्वर आचार्य, गोमा बालान क्षेत्री, चन्द्रोदय विद्याकुञ्जका हरि वली, वडा सदस्य घनश्याम गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । वडा सदस्य निर्मा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वडा सदस्य सुवास डाँगीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वडाकी कर्मचारी लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस