तुलसीपुर, २४ जेठ । तुलसीपुर उपमहानगरपालिका ११ पिरगाउँमा सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको छ । ३५ वर्षीया दुर्गा लामिछानेको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिहीवार विहान ९ बजेतिर घरभित्रै विषालु सर्पले डसेपछि उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही पुर्याए लगतै लामिछानेलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रावि कटाँहाको शिक्षिका समेत रहेकी लामिछाने विद्यालय जान आउन सहजताका लागि माइती घरमा बस्दै आउनुभएको थियो ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)