दाङ, २५ जेठ । नेदरल्याण्डबाट भर्खरै ‘फ्रिडम फोरम फेयर अवार्ड २०१८’ प्राप्त गरेर फर्किनुभएकी पूर्व कमलरी उर्मिला चौधरीसँग शुक्रबार घोराही–१७ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले अन्तर्क्रिया गरेका छन् ।

चौधरीले कमलरी जीवनदेखि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दासम्मका विभिन्न संघर्षका अनुभवहरु विद्यार्थीमाझ सुनाउनुभएको थियो । विद्यार्थीहरुले चौधरीको जीवनमा यती ठूलो सफलता प्राप्त गर्न कसरी सम्भव भयो भन्ने जिज्ञासा राखेका थिए । उहाँले निरन्तरको मेहनत, लगाव, कमलरी मुक्ति आन्दोलनको सफल नेतृत्व र जीवन बदल्ने अठोटले सफलता प्राप्त भएको अनुभव बाँड्नुभएको थियो ।विद्यार्थीलाई पाठ्यक्रम बाहिरको समाज बुझाउन र सफलता प्राप्तिका लागि हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको ज्ञानमाला एकेडेमीकीकी अतिरिक्त क्रियाकलाप संयोजक विमला केसीले बताउनुभयो । विश्व चर्चित पुरस्कार प्राप्त चौधरीको अनुभवबाट विद्यार्थीले जीवनमा संघर्ष गर्ने प्रेरणा प्राप्त गरेको एकेडेमीका प्रिन्सिपल केशवराज गिरीले बताउनुभयो । कार्यक्रमको सहजीकरण सहायक प्रिन्सिपल महेश बस्नेतले गर्नुभएको थियो ।

मानवअधिकारका क्षेत्रमा क्रियाशीललाई प्रदान गरिने यो प्रतिष्ठित अवार्ड यसअघि दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, जर्मन चान्सलर एन्जेला मार्केल, पाकिस्तानकी बालअधिकारकर्मी मलाला युसुफजाई जस्ता विश्व चर्चित व्यक्तिले प्राप्त गरेका थिए ।

नेपालले पहिलोपटक उक्त पुरस्कार पाएको हो । रुजबेल फाउण्डेशनले प्रदान गर्ने उक्त पुरस्कार चौधरीले जेठ २ गते नेदरल्याण्डका पूर्व राजा विलियम एलेक्जेण्डर र रानी बिट्रिक्सको हातबाट ग्रहण गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस