दाङ, २६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग तथा वडास्तरीय बाल सञ्जालको आयोजनामा शनिबार बालक्लवको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । वडालाई बालमैत्री घोषणाका लागि बाल क्लवको नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।
सञ्जालका अध्यक्ष लीलाधर नेपालीको अध्यक्षता तथा वडा सदस्य केशर पुनको प्रमुख आतिथ्यमा भएको तालिममा बालबालिकाको परिचय, बालअधिकार, बालमैत्री स्थानीय साशन, बालविवाह न्यूनीकरण, नेतृत्व विकासका लागि चाहिने तत्वहरुलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । ६० जना बालबालिकाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेस पार्षद् विमल योगी रहनुभएको थियो ।
तालिम समापन कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १९ का सामाजिक परिचालक खिमा चौधरी, सहभागीहरु पम्फा घर्ती, बेदप्रसाद सुनार, आरजु नेपाली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्जालका सहसचिव लक्ष्मीप्रसाद देवकोटाले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस