घोराही, २९ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले कृषकहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । बाख्रापालनलाई व्यावसायिक रुपमा विकास गर्नका लागि वडाले बोयर जातको बोका वितरण गरेको वडा अध्यक्ष केशव आचार्यले बताउनुभयो ।

चितवनबाट खरिद गरेर ल्याइएका दुईवटा बोका रामपुरस्थित प्रगति कृषक समूह र चाक्लीघाटको बाख्रापालन समूहलाई हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । रामपुरमा हाल चारवटा बाख्रापालन फार्महरु सञ्चालनमा रहेको छन् । बाख्रापालनबाट कृषकहरुको आयस्तर वृद्धि हुने र आर्थिक विकासमा टेवा पुग्ने भन्दै वडाले लगानी गरेको हो ।

हालै रामपुरमा एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई बोका वितरण गरिएको थियो । हस्तान्तरणका अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष आचार्यले वडा नम्बर २ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको र कृषकहरुलाई बाख्रापालनतर्फ आकर्षिक गर्न उन्नत जातका बोका वितरण गरिएको बताउनुभयो । कृषिबाट आर्थिक समृद्धि सम्भव भएको भन्दै उहाँले वडा नं. २ ले कृषिसम्बन्धी विभिन्न योजनाहरु ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस