बाँके, १४ फागुन । नेपाल शिक्षक संघको पाँच नम्वर प्रदेश अध्यक्षमा दाङका अर्जुन योगी निर्वाचित हुनु भएको छ । सोमबार नेपालगञ्जमा भएको निर्वाचनमा उहाँ विजयी हुनु भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा पाल्पाका दीपक प्रसाद ज्ञवाली, महिला उपाध्यक्षमा वर्दीयाकी शान्ति योगी, उपाध्यक्षमा अर्घाखाँचीका कृष्ण पौडेल र वर्दीयाका यज्ञ नेपाल निर्वाचित हुनु भएको छ ।

यसैगरी महासचिवमा रुपन्देहीका लालप्रसाद पंगेनी, महासचिव अर्थ महिलामा नवलपरासीकी सीता शर्मा, उपमहासचिवमा प्युठानका इन्द्रमणि पोख्रेल, उपहासचिव महिलामा प्युठानकै सिर्जना पण्डित, उपमहासचिव अर्थमा नवलपरासीका दामोदर भटराई, उपमहासचिव समावेशीमा गुल्मीका बमबहादुर राना र रुपन्देहीका मथुरा यादव निर्वाचित हुनु भएको छ । यसैगरी ४ महिला र ११ खुला सदस्यसहित २७ जनाको प्रदेश समिति निर्माण गरिएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस