घोराही, २५ जेठ । दाङको तेस्रो जिल्ला सभाले जिल्लाको समग्र विकासका लागि विभिन्न १४ वुँदे प्रस्ताव पारित गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता तथा पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटनसत्रपछि आयोजीत बन्दसत्रले दाङ देउखुरी उपत्यका चक्रपथबाट जोडी यातायाताको सुगमता बढाउन आवश्यक देखिएकाले चक्रपथ निर्माण योजना अगाडी बढाउन प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

यसैगरी दाङ जिल्लामा सञ्चालित टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्ने र घोराही उपमहानगरपालिका–१० नारायणपुरमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न संघीय सरकार समक्ष माग गर्ने, माडी डाईभर्सनबाट जिल्लामा विद्युत उत्पादन र सिंचाइका लागि उत्तरतर्फबाट पुर्व पश्चिम विशाल नहर निर्माण गरी सिंचाई तथा खानेपानीको आवश्यक प्रवन्ध मिलाउन संघीय सरकार समक्ष माग गर्ने, दाङ देउखुरी उपत्यकालाई यातायाताको सहज पहुँच पु¥याउन उपयुक्त स्थानमा सुरङमार्ग निर्माण गर्न माग गर्ने, देउखुरीमा सञ्चालित बड्कापथ तथा प्रगन्ना सिंचाईलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिन प्रदेश र संघीय सरकारसंग माग गर्ने, विग्रदो वातावरणीय अवस्थालाई न्युनिकरण गर्न आवश्यक कार्यक्रम सञ्चालनको लागि अनुरोध गर्ने, दाङ जिल्लामा सञ्चालित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर तथा लमहीमा स्थापना गरिने ट्रमा सेन्टरको आवश्यक व्यवस्थापन गरी स्वास्थ्य सेवाप्रभावकारी बनाउन आग्रह गर्ने निर्णय सभाले गरेको छ ।

यसैगरी प्रत्येक पालिकामा संचालित सामुदायिक विद्यालय मध्ये एक÷एक विद्यालयलाई नुमना प्राविधिक विद्यालय संञ्चालन गर्न अनुरोध गर्ने, देउखुरी उपत्यकामा बग्ने राप्ती नदीको दुवैतर्फ तटबन्धनको कार्य र दाङ उपत्यकाको बबई नदीको दुवैतर्फ तटबन्धन कार्यलाई निरन्तरता दिने, जिल्ला समन्वय समितिमा कार्यरत तत्तकालिन (जिविस)काकर्मचारीहरु अवकाश भई गएका सवइञ्जिनियर चेतबहादुर बुढाथोकी, कार्यालय सहयोगी शंकर भारती र रामसुन्दर खत्रीले हालसम्म सेवा सुविधा पाउन नसकेको सन्दर्भमा स्थानीय स्वायत्त शासन नियमावली बमोजिम प्राप्त हुने सेवा सुविधाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने, जिल्ला समन्वय समितिको अनुगमन गर्ने कार्यलाई समयानुकुल प्रभावकारी बनाउन कार्यालयमा रहेका सवारी साधनबाट सम्भव नभएकोले सवारी साधन उपलब्ध गराउन प्रदेश र संघीय सरकारसंग माग गर्ने, दाङ विकास सल्लाहकार परिषदले तयार पारेको दाङ जिल्लाको विकास व्यवस्थापनको मोडेललाई आत्मसात गरी सवैपालिकाहरुको विकास व्यवस्थापनमा क्रमश लागु गर्दै जाने र ‘सम्पन्न जनता समृद्ध दाङ’को दुरदृष्टिमा पुग्ने उदेश्यलाई सफलीभुत बनाउने, दाङ विकास सल्लाहकार परिषदको कार्यविधिमा विज्ञ सदस्य संख्या ७ लाई संसोधनगरी ११ कायम गर्ने र हालसम्म जिल्ला समन्वय समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने निर्णय भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस