घोराही, ३ चैत । तुलसीपुर उपमहागनरपालिका वडा नं. १६ को नव निर्मित वडा भवनको आज उद्घाटन गरिएको छ । भवनको उद्घाटन नगर प्रमुख घनश्याम पाण्डेले रिबन काटेर गरेका थिए ।

४० लाख लागतमा निर्माण कार्य सम्पन्न भएको भवनको तीन महिन अघि काम सुरु भएको थियो । वडाध्यक्ष भूपबहादुर केसीको अध्यक्षतमा भएको उद्घाट कार्यक्रममा समाजसेवी गिरिराज केसी, पूर्व गाविस अध्यक्ष टोपेन्द्रबहादुर खत्री, इन्जिनियर पवनकुमार योगी, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव रुपबहादुर खत्री, वडा सचिव राजेन्द्र केसी, पत्रकार शालीकराम मुसाफिर लगायतले बोलेका थिए ।

उक्त अवसरमा भवन निर्माणमा सहयोग पुर्‍याएको भन्दै १६ जनालाई दोसल्ल ओढाएर सम्मान समेत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस