घोराही, ४ चैत्र । दाङमा आज भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने कम्तिमा ३५ जना घाइते भएका छन् । घोराही-होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहको मौलाकोट जाने चोक नजिक रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ बर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो ।ना ४ ख ६०९४ नम्बरको बस तीब्र गतिमा रहेको र जीपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दीपक बिकले जानकारी दिनुभयो । बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ ।दुर्घटनामा अहिलेसम्म ३५ जना यात्रु घाइते भएको नामावली आएको प्रहरीले जनाएको छ । गम्भिर केही घाइतेहरुलाई घोराहीमा प्रारम्भिक उपचारपछि जिल्ला बाहिर पठाइएको छ । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस