तिर्थराज ज्ञवाली

सिसहनियाँ, ६ चैत । राप्ती गाउँपालिकाको वडा नं ९ देवीकोटमा चैत ८ गते नागरिकता शिविर सञ्चालन हुने भएको छ ।
राप्ती गाउँपालिकाले वडा नम्बर ५ र ९ को पहाडी क्षेत्रका नागरिकको सहजताको लागि एक दिन जिल्ला प्रशासन कार्यालय दाङ तथा इलाका प्रशासन कार्यालय लमहीको सहकार्यमा शिविर बस्न लागेको सुचना अधिकारी गिरिधारीराज पन्तले जानकारी दिनुभयो ।
राप्तीको वडा नं. ९ सम्पूर्ण तवरले पहाडी क्षेत्र र  वडा नं. ५ का धेरै क्षेत्र पहाडी रहेकोमा दुबै वडाबासीलाई पायक पर्नेगरी देवीकोटमा नागरिकता शिविर आयोजना गर्न लागिएको वडा नं. ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीले जानकारी दिनुभयो ।
चैत ८ गते शुक्रबार बस्ने नागरिकता टोलीबाट नागरिकता सरल र सहज तवरले  निर्माणका लागि जिम्मेवार घरका पदाधिकारी, फोटो,  अग्रजको नागरिकता, भएमा शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिका साथ नागरिकता बनाउन आउन र थप जानकारीको लागि वडा कार्यालयमा सम्पर्क गर्नका लागि वडा नं. ५ र ९ बासी नागरिकमा वडा नं. ५ का वडा अध्यक्ष गोवर्धन रावतले अनुरोध गर्नुभएको छ ।
नागरिकता बनाउन चाहने उमेर पुगेका नेपाली नागरिकले नियमानुसार कागजपत्र उपलब्ध गराएमा टोलीले एकैदिन र एकैछिनमा नागरिकता उपलब्ध गराउन सकिने वडा नं. ५ र ९ का वडा सचिवद्वय  शेरबहादुर हमाल र दयाराम चौधरीले जानकारी गराउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस