तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकाबाट एसइई परीक्षाको सोमवार अनुगमन गरिएको छ । एसइई परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ अनुगमन गरिएको हो ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, शिक्षा तथा खेलकुद शाखाका फनेन्द्रराज देवकोटाले श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटिया र श्री माध्यामीक विद्यालय मौरीघाटको अनुगमन गर्नुभएको थियो ।
एसइई परिक्षा सञ्चालन अवस्था तथा परीक्षा, विषयवस्तु, विद्यार्थीका बारेमा परीक्षा केन्द्राध्यक्षसँग सोधपुछका साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको थियो ।
Advertisements