गोकर्ण पौडेल

तुलसीपुर, चैत १५ । वर्तमान समयमा संस्कृत शिक्षाको आवश्यकता र महत्वका विषयमा विद्यार्थी सम्मेलन हुने भएको छ । जनता विद्यापीठ पूर्व विद्यार्थीको आयोजनामा संस्कृत शिक्षाको बारेमा प्रचार प्रसारका लागि सम्मेलन आयोजना गरिएको हो ।

अन्तर्राष्ट्रिय संस्कृत विद्वत् सम्मेलन भएको स्थान जनता विद्यापीठ बिजौरीमा चैत २२ र २३ गते कार्यक्रम आयोजना गरिएको क्याम्पसका प्राचार्य माधव अधिकारीले जानकारी दिनुभएको छ । सम्मेलनमा संस्कृत शिक्षाको बारेमा पूर्वीय दर्शनका व्याख्याता डाक्टर चिन्तामणि योगी र प्राध्यापक विष्णु देवकोटाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा पूर्व प्राचार्य र एक जना विद्यार्थीलाई सम्मान गर्ने, त्यस विद्यापीठबाट अध्ययन गरेका विद्यार्थीहरुको बारेमा विवरण पुस्तिका प्रकाशन गर्ने बताइएको छ । त्यस विद्यापीठमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुमध्ये बामपन्थी नेता मोहन वैद्य किरण, संसद अनिता देवकोटा, रामकुमार ज्ञवाली र यसोदा सुवेदी गुरुङ हुनुहुन्छ । त्यसैगरी संस्कृत विश्वविद्यालय सेवा आयोगका निवर्तमान अध्यक्ष लेखनाथ आचार्य हुनुहुन्छ । त्यसैगरी पूर्व शिक्षाध्यक्ष प्राध्यापक नारायणकुमार आचार्य, पूर्व कुलसचिव द्वय जगतप्रसाद उपाध्याय, स्थानेश्वर गौतम हुनुहुन्छ ।

सम्मेलनमा स्थानीय अभिभावकहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको पूर्व विद्यार्थी समाजका अध्यक्ष विष्णु आचार्यले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस