घोराही, १८ चैत । घोराही उपमहानगरपालिकाले एकीकृत नगर विकास योजना तर्जुमा बनाउन थालेको छ । उपमहानगरले सोमबार पहिलो चरणमा योजनाको अवधारणा र आधारहरुका विषयमा छलफल भएको छ ।

डिजिकन रेजिलियन्स जेभीको प्राविधिक सहयोगमा घोराही उपमहानगरले नगरको एकीकृत विकास योजना तर्जुमा गर्न थालेको हो । योजना तर्जुमाका लागि वडा तहमा एक चरणमा र पालिका तहमा बृहत ढंगबाट छलफल गरी नगरको विकास अबधारणा तयार गरिने शहरी योजनाकार विश्वदेव भटराईले जानकारी दिनुभयो ।

आवस्यकतामा आधारित दीर्घकालिन विकासका लागि थालिएको योजना तर्जुमा ६ महिनाभित्र सक्ने बताइएको छ । सामाजिक, मानसिक, आर्थिक, भौतिक, सांस्कृतीक एवं संस्थागत विकासका साथै बिपद् व्यवस्थापनका लागि योजना बनाइने र सोहीलाई आधार बनाएर विकासको कामलाई अघि बढाइने नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

हचुवाको भरमा कार्यक्रमसँगै बजेट विनियोजनले दिगो विकास हुन नसक्ने भन्दै अब आवस्यकता र पहिचानमा आधारित विकासलाई अघि बढाउन नगरको वस्तुस्थिति तयार पारिसकेको जानकारी दिनुभयो ।

अब सोही नगर प्रोफाइलका आधारमा नगरको एकीकृत विकास योजना तर्जुमा बन्ने समेत बताउनुभयो । साथै आगामी २६ गतेदेखि वडास्तरबाट योजना तर्जुमाका लागि छलफल थालिने उपमहानगरले जनाएको छ । सामाजिक विभिन्न क्षेत्र, सरकारी कार्यालय र विज्ञ समुहसँगको समन्वयबाट नगरको विकास योजना तयार हुने नगर प्रमुख चौधरीको भनाइ छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस