घोराही, २० चैत । दाङमा एकजना युवकलाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ८ घर भई हाल घोराही उपमहानगरपालिका १५ जनजागृति टोलमा कोठाडेरा गरी बस्ने २१ बर्षिय सनम मल्ललाई ८ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

कोठामा लागुऔषध व्राउन सुगरको कारोवार हुने भन्ने सूचनाका आधारमा खान तलासी गर्दा उक्त बस्तु भेटिएको प्रहरी प्रबक्ता डिएसपी बिनोदबिक्रम शाहले जानकारी दिनुभएको छ । पक्राउ गरेका मल्ल बिरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ को दफा २२ (ग) वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस