हापुर, २० चैत । हापुर मा.वि रतनपुरमा जारी महायज्ञमा ९१ लाख बढी दान प्राप्त भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि घोराही–१२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना भएको ‘श्रीमद् भागवत, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५’ मा ९१ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

जसमा ५८ लाख बराबरको जग्गा एवं जिन्सी सामग्री र ३३ लाख नगद दान प्राप्त भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिनुभएको छ । महायज्ञमा मंगलवार २३ लाख ४१ हजार एक सय ५५ रूपैया बराबरको जग्गा र छ लाख ६८ हजार चार सय ३९ रूपैया नगद दान संकलन भएको थियो । महायज्ञको अन्तिम दिन नगद तीन लाख दान प्राप्त भएको थियो । विद्यालयमा प्रवेश गेट निर्माण गरिने

मावि रतनपुरको प्रवेशद्वार निर्माण गरिने भएको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक न्यौपाने र गीता न्यौपानेले निर्माण गर्नुहुने भएको छ । न्यौपानेले स्वर्गीय हजुरबुवा डम्बरबहादुर न्यौपाने, हजुरआमा रत्नादेवी न्यौपाने र बसुन्धरा न्यौपाने, बुवा जुद्धबहादुर न्यौपाने, आमा प्रेमकुमारी न्यौपाने र हेमकुमारी न्यौपानेको स्मृतिमा चार लाख ११ हजार एक सय ११ रूपैया बराबरको लगानीमा मुख्य गेट निर्माण गर्ने बताउनुभयो ।
महायज्ञको वुधवार समापन गरिएको छ । एक औपचारिक कार्यक्रम गरि महायज्ञको समापन गरिएको हो । आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस