घोराही, १२ जेठ । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको आयोजना एवं घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा ५ दिने रेडियो उद्घोषण तथा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।

रेडियोका अध्यक्ष शुसिल गौतमको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले खोज तथा विकास पत्रकारिता अहिलेको आवस्यकता भएको बताउनुभयो । पत्रकारिता क्षेत्रले विकास र समृद्धिलाई विश्वासिलो बनाउने भन्दै सत्य पत्रकारितामा जोड दिनुभयो ।

पत्रकारिता क्षेत्रले गर्ने खबरदारी, साझेदारी, सचेतना र जागरणले नागरिकहरुको अधिकार स्थापितसँगै विकासमा मद्दत पुग्ने उहाँको भनाइ छ । त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले दक्ष जनशक्ति उत्पादनले मात्रै कुनै पनि संस्था दिगो ढंगले अघि बढ्ने भन्दै विकास पत्रकारितामा जोड दिनुभयो ।

पत्रकार महासंघका सचिव भूपेन्द्र वलीले नामका पत्रकारहरु धेरै भएको तर पत्रकारिता गर्नेहरु निकै कम रहेको भन्दै सञ्चार संस्थाले आफै जनशक्ति उत्पादन गर्नतर्फ लाग्नु सकारात्मक भएको बताउनुभयो ।

रेडियोका पूर्व अध्यक्ष माधवप्रसाद शर्मा, वर्तमान अध्यक्ष सुशील गौतम, उपाध्यक्ष मधुसूदन बैद्य, सचिव सुदर्शन रिजाललगायतले बोल्ने कला र पत्रकारीताका विषयमा ज्ञान दिने गरी तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा घोराही उपमहानगरका १९ वटै वडाबाट एक एक जना तथा अन्य गरी २५ जनाको सहभागिता रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस