दाङ, २६ कार्तिक । कला संस्कृतिको जगेर्ना गदै मेला तथा परम्पराको संरक्षणका लागि राप्ती गाउँपालिका वडा नं ७ को कार्यालयलको आयोजनामा रामघाट मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी सुरु भएको छ ।

राप्ती गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, पूर्व सांसद सुशीला चौधरी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा आयोजित सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीको परम्परागत गीत गाउँदै मादल बजाएर उद्घाटन गरिएको छ ।

वडा नं. ७ को बड्का सिसहनियाँ, छुट्की सिसहनियाँ, जकपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका टोलस्तरीय समूहले स्थानीय कला संस्कृति संरक्षणका लागि सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शनका साथमा कृषि उत्पादन प्रदर्शनी गरेका छन् ।धार्मिक पर्व रामघाट स्नान र रामघाट मेलाको अवसरमा कार्तिक २५ गते देखि २७ गतेसम्म सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी आयोजना सुरु भएको हो, २५ गते गाउँ टोलस्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ, २६ गते राष्ट्रियस्तरका थारु कलाकारबाट सांङगीतिक प्रस्तुति र २७ गते पुरस्कार वितरण तथा युवा क्लवहरुको प्रस्तुति रहेको छ ।

सा‌ंस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीको अवसरमा सांस्कृतिक प्रस्तुति र ६ गाउँका उत्कृष्ट कृषकले उत्पादन गरेको कृषि बाली प्रदर्शन गरिने साथै रमाइलोका लागि मेला आयोजना भएको वडा सदस्य भीमलाल चौधरीले जानकारी दिनुभएको छ ।

सांस्कृतिक तथा कृषि प्रदर्शनी तथा परस्परागत रामघाट मेलाले नागरिकमा कला संस्कृति तथा मेला पर्वको संरक्षणमा योगदान दिन प्रोत्साहन गर्ने वडा सदस्य शान्ति चौधरीले बताउनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस