घोराही, २ मंसिर । दाङ जिल्ला साइकल संघले विद्यार्थीहरुमा साइलकको महत्त्वका विषयमा जानकारी गराउन थालेको छ । साइकल चलाउँदा हुने फाइदाका बारेमा संघले आज ज्योतिपुञ्ज सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई जानकारी दिएको छ ।

कक्षा ८, ९ र १० का ५० जना बढी विद्यार्थीहरुलाई संघका अध्यक्ष रेशम केसीले साइकलको महत्त्व र शरीरलाई हुने फाइदाका बारेमा जानकारी गराउनुभयो । साइकल चलाउँदा शरीरिक अभ्यास हुने र रक्तचापलाई सन्तुलनमा राख्न सकिने बताउनुभयो ।

त्यसैगरी मष्तिस्क, मुटु, खुट्टा तथा हातको समेत अभ्यास हुने भएकाले साइकल चलाउनु उपयुक्त रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस