तिर्थराज ज्ञवाली

जखेरा (देउखुरी दाङ), २ पुस । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ दाङको  जखेरामा सम्पन्न अधिवेशनले मोहन केसीलाई सर्बसम्मत रुपमा अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ ।

लोकतान्त्रिक नेपालमा पशु सेवा प्राविधिकहरको पहिचान ब्यावसायिक पशु पालनमा नेल्टाको अभियान भन्ने मुल मन्त्रसहित आफ्नो अभियानमा लागि परेको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ, दाङको मंगलवार सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा कृष्ण कुमार न्यौपाने, सचिवमा शेर बहादुर हमाल, सह सचिवमा सुरज लाल चौधरी, कोषाध्यक्ष माधव भट्टराई, खुला सदस्यमा राम बहादुर बली र चन्द्र बहादुर खत्री सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै महिला सदस्यमा विष्णु माया बसेल र सदस्यमा अपिल शर्मा, डिल्ली बहादुर बस्नेत र टिपुर यादव चयन हुनुभएको छ ।

अधिबेशनबाट महाधिबेशन प्रतिनिधिमा गोविन्द नेपाली, शोभा आचार्य, श्रीधर अधिकारी र शसीधर शर्मा लाई छनौट गरिएको छ भने पर्यबेक्षकमा माधव भट्टराई, आनन्द कुमार चौधरी, प्रेम सिहं खड्का र मुकेश अधिकारीलाई चयन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस