तिर्थराज ज्ञवाली

 पिपरी (देउखुरी), १० चैत । राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका दुई कृषक समूहले आलु उत्पादनसम्बन्धी सार्वजनिक सुनुवाई गरेका छन् ।  संगीनी कृषक समूह र प्रगतिशील कृषक समूहले लागत तथा उत्पादनका वारेमा सार्वजनिक सुनुवाई गरेका हुन् ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगञ्जको सहयोगमा राप्ती गाउँपालिकाको पिपरीमा सहकारीले व्यावसायिक आलु खेती गरिरहेका छन् । राप्ती गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना मगर,  रेशम रावत, कृषकहरु तथा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाका जिम्मेवार पदाधिकारीहरुको उपस्थितिमा आम्दानी तथा खर्च  प्रस्तुत गरिएको थियो ।
तिन चरणमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम खायन आलुको खेतीबाट राम्रो आम्दानी भएको कृषकहरुले जानकारी दिएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस