घोराही, १३ चैत । प्रदेश सरकारले घोषणा गरेको स्मार्ट कृषि गाउँको दाङमा कार्य थालनी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ र १० को स्यानीगाउँमा बुधबार एक कार्यक्रमको आयोजना गरि कार्य प्रारम्भ गरिएको हो । स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँमा कार्य प्रारम्भ भएको घोषणा गर्नुभयो ।

वडा नम्बर ८ र १० को स्यानीगाउँ—घोवघाट पोखरी क्षेत्रलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने गरी प्रदेश सरकारले स्थान छनोट गरेको थियो । स्यानीगाउँ, धोवाघाट, बेलुवा, जलौरा, बुधौरा लगाएतका गाउँहरुको ३ मौजालाई समेटेर स्मार्ट कृषि गाउँकारुपमा विकास गर्न लागिएको हो ।

मन्त्री पौडेलले स्मार्ट कृषि कार्यक्रमले एकीकृतरुपमा कृषिको विकाससँगै कृषिमा औद्योगिकीकरण र पर्यटनको समेत विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो । प्रदेश ५ को सरकारले दाङका ६ वटा क्षेत्रलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरेको थियो ।

गढवा गाउँपालिका २ घुस्रा, लमही नगरपालिका ९ हर्दवा, बंगलाचुली गाउँपालिका ६ रिभान टोल, घोराही उपमहानगरपालिका ८ र १० को स्यानीगाउँ–घोवघाट पोखरी क्षेत्र, तुलसीपुर उपमहानगरपालिका १४ लुहाडवरा–मटेरा गाउँ र शान्तिनगर गाउँपालिका ७ बुढाडावर–दुवीचौरलाई स्मार्ट कृषि गाउँ बनाइने छ ।

यो कार्यक्रम अनुसार ती क्षेत्रहरुमा तरकारी खेती, बसन्ते मकै खेती, कागती खेती र बाख्रा पालन गरिने छ । प्रदेश सरकारले यो कार्यक्रम अन्तर्गत प्रत्येक स्मार्ट कृषि गाउँका लागि ५० लाख रुपैयाँका दरले बजेट समेत विनियोजन गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस