घोराही, १६ फागनु  । दाङको गढवा गाउँपालिका वडा नं. ५ को भवानी सामुदायिक वनमा भरुवा बन्दुकसँगै मृत अबस्थामा रतुवा भेटिएको छ ।

बिहीबार उक्त वनमा बन्दुक पड्किएको जस्तो आवाज आएपछि थप अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले मृत अवस्थामा एउटा रतुवा र एक थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उक्त रतुवालाई सव डिभिजन वन कार्यालय गढवालाई बुझाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस