देउखुरी, ३० फागुन । लमहीमा रहेको अजम्बरी सामुदायिक वनको १४ औं साधारणसभा तथा अधिबेशनको उद्घाटन विहीबार भएको छ । प्रदेश नं. ५ का सांसद रेवतिरमण शर्माले विरुवा रोपेर साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेस सांसद शर्माले वन जोगाउन सके मात्रै मानव जिवन सार्थक हुने भन्दै उपभोग संगै संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्नुभयो ।

सामुदायिक वन राम्रो भयो भने सामुदायिक वनका उपभोक्ताले नै प्रयोग गर्ने हो, त्यसैले सामुदायिक वन जोगाउने अभियानमा लाग्न आवश्यक रहेकोमा शर्माको जोड थियो । सरकारले भन्ने गरेको सुखी नेपाली समृद्ध नेपालको नारा सामुदायिक वनबाट पनि गर्न सकिने तर्क गर्नुभयो ।

कार्यक्रम बोल्दै लमही नगरपालिकाका प्रमुख कुलवहादुर केसीले स्थानीय सरकार सामुदायिक जोगाउने काममा सकृय रहेको बताउनुभयो । स्थानीय सरकारले स्थानीय श्रोत साधन जोगाउँदै उपभोग गर्ने पक्षमा रहेको मेयर केसीको जोड थियो ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सिबमवहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमही नगर कमिटी सचिव बसन्त शर्मा, नेपाली काँग्रेसका नेत्रसिंह ठकुरी, राष्ट्रिय जनमोर्चाका पदमप्रसाद गोराथोकी, होटल व्यवसायी समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डे, सामुदायिक वनका पूर्व अध्यक्ष तिलक केसी, देउखुरी मोवाइल संघका अध्यक्ष भिम भुसाल, सव डिभिजन कार्यालयका छोटेलाल चौधरी, लमही खानेपानीका सचिव सनम पौडेल लगायतले बोल्नुभएको थियो ।

सामुदायिक वनका अध्यक्ष पुनाराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ताराप्रसाद खनाल र सञ्चालन मानवहादुर रानाले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस