घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाले प्रहरीसँग सहकार्य गरी बजार व्यवस्थापनमा सहजता ल्याउन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई एक थान मोटरसाईकल उपलब्ध गराएको छ ।

बजाज कम्पनीको एक सय ५० सिसिको मोटरसाइलक आज उपमहानगरले ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको उपस्थितिमा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीलाई मोटरसाईकलको साँचो हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख चौधरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरीलाई मोटरसाइकल उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

नगर क्षेत्रको बजारमा नगर प्रहरी समेत खटिने र ट्राफिक प्रहरीको समेत समन्वयमा बजारलाई व्यवस्थापन गर्ने उद्देश्य रहेको जानकारी दिँदै सही सदुपयोग गर्न प्रहरीलाई आग्रह गर्नुभयो ।

ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मीले प्रहरी स्रोत साधनमा पूर्ण भए मात्रै काम गर्न सहज हुने भन्दै स्थानीय सरकारको हरेक सहयोगले आफूहरुलाई काममा हौसला र मद्दत पुगेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस