दाङ, फागुन २२ । जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा सिद्धार्थ एकेडेमी र पद्मोदय पव्लिक नमुना मावि भिड्ने भएका छन् । शान्ति निकेतन विद्यालयको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा घोराहीमा जारी तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको भोलि शनिबार हुने फाइनलमा सिद्धार्थ र पद्मोदय भिड्न लागेका हुन् ।

आज शुक्रबार भएको सेमिफाइनल खेलमा शान्ति निकेतन विद्यालयलाई ९ विकेटले पराजित गर्दै सिद्धार्थ एकेडेमीले फाइनलको यात्रा तय गरेको हो । टस जितेर व्याटिङ रोजेको शान्ति निकेतन विद्यालयले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै ७८ रनको फोगफल तयार पारेको थियो । जसमा शान्ति निकेतनका प्रकाश खनालले नट आउट २३ र सुदन भण्डारीले १६ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । शान्ति निकेतनलाई सस्तैमा समेट्ने क्रममा सिद्धार्थका सिजन शाहीले २, सुदिपकुमार ओली र आर्यन सुवेदीले समान १/१ विकेट लिनुभएको थियो ।

७९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिद्धार्थका सुदिपकुमार ओली र समिक बस्नेतले नटआउट २२/२२ रनको योगदान दिनुभएको थियो । बलिङतर्फ शान्ति निकेतनका सन्दिप पोख्रेलले १ विकेट लिनुभएको थियो । खेलमा टिमलाई विजयी बनाउन २२ रनको योगफल तयार पार्ने सुदिपकुमार ओलीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।
त्यसैगरी शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा भ्यालि टपलाई ४ विकेटले पराजित गर्दै पद्मोदय फाइनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको भ्यालिटपले २० ओभरमा ९ विकेट गुमाउँदै ६७ रन मात्र जोडेको थियो । जसमा भोजराज केसीले १३ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । अत्यन्तै कसिलो बलिङ गरेको पद्मोदयका लागि शरद सुवेदीले ३ र सन्दिप बस्नेतले २ विकेट लिनुभएको थियो ।

६८ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको पद्मोदयले १२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । जसमा युवराज सुवेदीले १९ र सुमन दशौदीले ११ रन लिनुभएको थियो, भने अन्य व्याट्सम्यान चल्न सकेनन् । बलिङतर्फ ४ विकेट लिने भ्यालिटपका प्रशान्त जिएमलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।

गत फागुन २१ गतेदेखि गुलरिया क्रिकेट मैदानमा जारी प्रतियोगीतामा जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगीताको मुख्य प्रायोजकमा तपस्या ट्रेडर्स, सह–प्रायोजकमा घोराही उपमहानगरपालिका वडानम्वर १५, ड्रिमल्याण्ड टे«डर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहनुभएको छ ।

त्यसैगरी प्रतियोगीताको प्रथम पुरस्कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस्कार द् लोटस टे«निङ सेन्टर घोराहीले प्रायोजन गरेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगीताको हस्पिटालिटी पार्टनरमा टी थ्री प्यालेस र फुड एण्ड रिफ्रेसमेन्ट पार्टनरमा मानाकासी सिने प्लेक्स घोराही र अन्य प्रायोजकमा सत्यवती पुस्तक पसल, दङाली माछापालन, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एम.एस.अटो घोराही, दीयो गार्मेन्ट घोराही, सनराइज मेडिसिएन एण्ड डिस्ट्रिब्यूटर्स घोराही, कैलास रोका र बाशुदेव शर्मा रहनुभएको छ ।

विद्यालय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगीतामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोस्रो हुने टिमले रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस