घोराही, २५ फागुन । फागुन २ गतेदेखि घोराहीमा सञ्चालन भएको प्रथम सहिद लखन थापामगर कप रनिङ फुटबल प्रतियोगिताको उपाधि बडहरा युवा क्लबले हात पारेको छ । प्रतियोगिता आयोजक नेपाल मगर संघ दाङले आजका लागि तय गरेको फाइनल खेलमा युएनबिसी एकेडेमी सहभागी नभएपछि एन्फा रेफ्रि देबनारायण दाहालले नेट गोलका आधारमा बडहरा युवा क्लबलाई बिजयी घोषणा गर्नुभएको हो ।

फागुन १७ गते फाइनल खेल हुने क्रममा बिबाद भएपछि स्थगीत भएको फाइनल खेल आज भएको हो । रेड कार्ड प्राप्त गरेका बडहरा युबा क्लबका खेलाडी बिजेन्द्र घर्ती सहभागी नभएको खेलबाट उपाधि हात पारेको बडहराले नगद एक लाख ११ हजार १११ नगद, कप, मेडल तथा प्रमाण हात पारेको छ । फाईनलमा प्रतिस्पर्धी टीम सहभागी नभएपछि उपस्थित टिमले गोल गर्न पाउने नियम अनुसार खेल सकिएको हो ।

यस्तै दोस्रो पुरस्कार नेपाल मगर संघ दाङमै रहने भएको छ । यसैबीच आजै भएको नेपाल पत्रकार महासंघ दाङ र भुपु आर्मी पुलिसबीचको मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ बिजयी भएको छ । पत्रकार महासंघको टोलीले भुपु आर्मी पुलिसको टीमलाई ४ गोलले जितेको हो ।

पत्रकारहरुको तर्फबाट अध्यक्ष सबिन प्रियासन, कपिल लामिछाने, माधव नेपाली र श्रीधर भुषालले १÷१ गोल गर्नुभएको थियो । यसैबीच प्रतियोगिताको आज समापन गरिएको छ । नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष रबिलाल घर्तीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो ।

यसैबीच बडहरा युबा क्लबका अध्यक्ष इराक घर्ती मगरले बिजयी भएर प्राप्त गरेको एक लाख ११ हजार १११ रुपैया आगामी बर्षमा लखन कप प्रतियोगिता सञ्चालन गर्नुपर्ने भन्दै नेपाल मगर संघ दाङलाई अक्षयकोष स्थापनाका लागि उक्त रकम प्रदान गरेको जानकारी दिनुभएको छ । प्रतियोगितामा क्लब बिजयी भएपछि आगामी बर्षमा कप ब्यबस्थापनका लागि रकम आबश्यक पर्ने भन्दै अक्षयकोष स्थापना गर्नका लागि रकम प्रदान गरेको बताउनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस