तुलसीपुर, ३ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले नयाँ भवन निर्माणसँगै जनताले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

Advertisements

‘हिजोको स्थानीय तह हुँदाको संरचनामा अहिले सेवा दिँदा निकै जटिल भएको थियो । भवन बनेपछि सेवा थप प्रभावकारी हुनेछ’ उहाँले भन्नुभयो । उपमहानगरपालिकाभित्र कोठा सीमित हुँदा शाखाहरु समेत नगरपालिका प्राङ्गणभन्दा फरक स्थानमा राख्नुपरेको छ । सेवा प्रवाहलाई संरचनाले प्रभाव पार्ने बताउँदे प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै उपमहानगरपालिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु एकै स्थानबाट प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । ‘जनताले एकै ठाउँबाट सबैखाले सेवा पाउने गरी तयारी गरिएको छ ’ उहाँले भन्नुभयो । 

२ वर्षमा भवन निर्माण गरिसक्ने गरी तुलसीपुरको सिएम, प्रेमधन र स्लेट जेभिले ठेक्का पाएका थिए । जेठबाट निर्माण सुरु हुने भनिएको भवन लकडाउनका कारण असोजबाट सुरु भए पनि निर्धारित समयमै निर्माण सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । भवनको लागत ३ करोड ९० लाख रहेको छ । पाँच तलाको भवनमा अन्डरग्राउण्ड पार्किङ्ग समेत रहेको जनाइएको छ । कम्पनीले गएको जेठमा निर्माणको लागी सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस