घाेराही, १ कार्तिक । त्रिभुवननगर जेसीजले शनिबार जुनियर जेसीज गठन गरेकाे छ । त्रिभुवननगर जेसीजकाे इतिहासमा पहिलाे पटक जुनियर जेसीज गठन गरिएकाे हाे ।


त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावत (अनन्त) काे अध्यक्षता एवम् नेपाल जेसीजका पूर्व काेषाध्यक्ष कुमारराज श्रेष्ठकाे प्रमुख आतिथ्यतामा १३ सदस्यीय जुनियर जेसीज गठन गरिएकाे हाे । नवगठित जुनियर जेसीजकाे अध्यक्षमा आयुश्री आचार्य र महासचिवमा अदिति केसी निर्वाचित हुनुभएको छ । यसैगरी कार्यकारिणी उपाध्यक्षमा सुलभ डिसी र सन्देश पाैडेल, काेषाध्यक्षमा भूमिका डिसी, उपाध्यक्षमा माया बस्नेत, अनुस रावत, गंगा खड्का, विजय ओली, सचिवमा राजन गैरे, कानुनी सल्लाहकारमा प्रतीक्षा केसी, जनसम्पर्क अधिकारीमा आराेहण श्रेष्ठ र तालिम निर्देशकमा सुयाेग डाँगी निर्वाचित हुनुभएकाे छ।

त्रिभुवननगर जेसीज वर्ष २०२५ का उपाध्यक्ष महेश बस्नेतकाे आस्थापाठ र अर्का उपाध्यक्ष अभिषेक बाेहराकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा जुनियर जेसीजका लागि अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रम समेत गरिएकाे थियाे। कार्यक्रममा त्रिभुवननगर नगर जेसीजका पूर्व अध्यक्ष एवम् पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा महासचिव निशान्त आचार्यले नवगठित जुनियर जेसीजका पदाधिकारीलाई पदीय भूमिकाका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।

यसैगरी त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष दिपक शर्माले जेसीआईकाे स्थापना, गरिमा र महत्वका विषयमा प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा जुनियर जेसीज क्षेत्र घ २०२४ का संयाेजक स्नेहा शर्माले जुनियर जेसीजकाे इतिहास, वर्तमान अवस्था र जुनियर जेसीजकाे भूमिकाका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।

नवगठित जुनियर जेसीजका पदाधिकारीलाई प्रमुख अतिथि पूर्व अध्यक्ष कुमारराज श्रेष्ठले सपथ ग्रहण गराउनु भएकाे थियाे भने जेसीआई नेपालकाे पिन समेत हस्तान्तरण गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस