काठमाडौं, २ मंसिर । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबर महल स्थित कार्की व्यांकेट विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांस सहभागी काठमाडौं आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएकाे छ। हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डाहरु अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्वयनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिनुभएकाे छ ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु,प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका साँसदहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी बरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस