दाङ, १९ जेठ । बाँकेको ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा  चालक गुराँस गाउँपालिका ४ दैलेखका दानबहादुर खड्का र सह चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिका ३ तातोपानीका पवन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी राजपुर गाउँपालिका ६ दाङका रामकुमार पुन, रुन्टीगढी ६ रोल्पाका मोहनचन्द्र विक, थवाङ ३ का नरेन्द्र विक, सोही ठाउँका भिमबहादुर विक रहेका छन् । मृत्यु हुने देउविर विक, बुद्धिराम विक, निम बहादुर ओली, रितेस कार्की, सीता पुन र पूर्ण बहादुर पुनको भने ठेगाना पत्ता नलागेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यान र दाङका छन् ।  सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस