दाङ, १७ पुस । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको से १ च १०६४ नम्बरकाे जीप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थल मै मृत्यु भएको छ ।
सो दुर्घटनामा एक जना वेपत्ता भएका छन् भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी जवान मोहन कुँबरले जानकारी दिनुभयो ।


