तिर्थराज ज्ञवाली

मसुरीया(देउखुरी दाङ), २५ माघ । राप्ती गाउँपालिका क्षेत्रमा लैङ्गिक हिंसा अन्त्यका लागि सम्पूर्ण सरोकारवालाहरुले क्रियाकलाप सञ्चालन गरिरहेको राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्ययिक समिति संयोजक जगदम्वाकुमारी चौधरीले बताउनु भएको छ ।

दुर्गा भवानी आधारभूत विद्यालयमा आयोजना गरिएको महिला लैङ्गिक हिंसा अन्त्यका लागि सडक नाटक हेरे पश्चात संयोजक चौधरीले हरेक बालबालिका तथा उनीहरुका परिवारमा हिंसाको असर तथा पीडकलाई कानुनी उपचार बारे जानकारी गराउन आवश्यक रहेको बताउनु भएको हो ।

अस्ट्रेलियन एड, कारितास अस्ट्रेलिया तथा कारितास नेपालको आर्थिक सहयोगमा मिलाप कृषि सहकारी संस्था र नमुना शान्ति युवा क्लबको आयोजनामा लैङ्गिक हिंसा न्युनिकरणसम्वन्धी सडक नाटकको आयोजना गरिएको हो । दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्ययिक समिति संयोजक जगदम्बाकुमारी चौधरीको प्रमुख आथित्यता एवं कारितास नेपालका क्षेत्रीय प्रमुख जनक शर्मा तथा कार्यक्रम संयोजक ऋषि शर्माको विशेष आतिथ्यतामा लैङ्गिक हिंसा न्युनीकरणसम्वन्धी सडक नाटकको आयोजना गरिएको हो ।

विद्यालय परिवार, शिक्षक विद्यार्थी, अभिभावक समेतको सहभागितामा एकल महिला, गरिव महिला तथा पीडित पहिलालाई परिवार तथा समाजले गरेको दुर्व्यवहार र पीडकले पाउने सजाय सडक नाटकमा समेटिएको थियो । कार्यक्रममा दुर्गा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक सूर्य प्रकाश भण्डारी, राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जीवन जिसी, मिलाप सहकारी संस्थाका दलबहादुर घर्ती तथा अणु चौधरीले हिंसा न्युनिकरण गर्न अपनाउने तरिका तथा ब्यवहारका बारेमा जानकारी गराउनु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस