दाङ, २ मंसिर । दाङको बंगलाचुली गाउँपालिकामा सडक मर्मत गर्दै गरेको जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जेसिबी अपरेटर घोराही १० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।

पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटना भएको थियो ।

दुर्घटनामा सहअपरेटर बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस