दाङ, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस २०७८ का अवसरमा दार्मा गाउँपालिका सल्यानको आयोजनामा वक्तृत्वकला हुने भएको छ । साउन २८ गते आयोजना गरिएको वक्तृत्वकलाको सुशासनका लागि युवा मञ्च दार्माले समन्वय गरेको छ ।

‘दार्माको विकास र समृद्धिका लागि युवाको भूमिका’ शीर्षकमा हुने वक्तृत्वकला प्रतियोगितामा सहभागिताका लागि दार्मा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सबैमा अनुरोध गरेको छ । प्रतियोगिता दार्मा गाउँपालिकाको सहिद स्मृति सभाहलमा ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि शिक्षा, युवा तथा खेलकुद शाखामा निःशुल्क नाम दर्ताको व्यवस्था गरिएको शाखा प्रमुख शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस