दाङ, ३ जेठ । त्रिभुवननगर जेसीजले आफ्नो ३८औं स्थापना दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेको छ । जेसीजले घोराही उपमहानगरपालिका १४ स्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको दाङ शाखामा रहेका अपाङ्गहरुका लागि दाल, चामल, तेललगायतको खाद्यान्न सामग्री केन्द्रका सभापति शरद अधिकारीलाई हस्तान्तरण गरेको हो ।

त्रिभुवननगर जेसीजको अध्यक्ष विवेक आचार्यको अध्यक्षता तथा केन्द्रका दाङ शाखा अध्यक्ष शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले जेसीजले गरेको सहयोगले दाताहरुलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने बताउनुभयो । अपाङ्गहरुप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्दै उहाँले सहयोग ठुलो सानो भन्दा पनि सहयोगी भावनाको विकास गर्ने धारणा राख्नुभयो । कार्यक्रममा दाङ महिला जेसीजको अध्यक्ष शारदा घर्तीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्रिभुवननगर जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अमर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कुलबहादुर वलीले गर्नुभएको थियो ।

त्यसैगरी जेसीजले स्थापना दिवसका अवसरमा जेसीज सचिवालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यको अध्यक्षता तथा नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष ऋषिराज जङ्गली, निवर्तमान अध्यक्ष मुकेश शर्मा, दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।त्रिभुवननगर जेसीजका जनसम्पर्क अधिकारी तथा कार्यक्रम संयोजक प्रेम प्रकाश डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कुलबहादुर वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस