DALLAS, TEXAS - JUNE 04: Rohit Paudel of Nepal in action during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)
दाङ, २२ जेठ । आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । कप्तान रोहितले ३७ बलमा ५ चौकासँगै ३५ रन जोडेर आउट भए ।

बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस