घोराही, १५ असार । अहिलेको समाजलाई सही दिशानिर्देश गर्नका लागि बालबालिकाहरुमा नेतृत्व विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कार्यक्रमका वक्ताहरुले बालबालिकाहरु भावी नेतृत्वकर्ता समेत रहेको हुँदा उनीहरुको व्यक्तित्व विकाससँगै क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए ।

घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लव र नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबार आयोजित नेतृत्व विकास तालिमका वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले नेतृत्व विकास तालिमले विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुर्‍याउने उल्लेख गर्नुभयो । तालिमका प्रशिक्षकसमेत रहनुभएका केसीले अहिलेका बालबालिका समाज परिवर्तनका संवाहक र नेतृत्वकर्ता रहेको भन्दै अगाडी बढ्न प्ररित गर्नुभयो ।तालिमका अर्का वक्ता विद्यालयका प्रिन्सिपल महेश बस्नेतले विद्यार्थीहरुको क्षमता विकासका लागि विद्यालय प्रशासन सदैव तत्पर रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि क्लवहरु गठन गरिएको र क्लवहरुले प्रस्ताव गरेका कार्यक्रममा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय गठित सिर्जनशील बाल क्लवकी अध्यक्ष स्मारिका चौधरीको अध्यक्षतामा आयोजित एकदिने तालिममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपाल जुनियर रेडक्रस सर्कल ज्ञानमालाका सचिव प्रनित रिजालको स्वागत मन्तव्यबाट सुरु भएको तालिमको सहजिकरण सिर्जनशील बाल क्लवकी सचिव अदिती केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस