घोराही, पुस ७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीको आयोजनामा आयोजित माविस्तरीय हाजिरी जवाफ प्रतियोगितामा मनकामना बोर्डिङ स्कुल चौघेरामा सम्पन्न भएको छ ।
प्याब्सनमा आबद्ध निजी विद्यालयका कक्षा ९ देखि १० सम्मका विद्यार्थीहरुबिच भएको माविस्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनज्योति विद्यामन्दिरका निरुता खनाल, शक्तिम सुवेदी र हेमन्त न्यौपाने प्रथम भएका छन् । यसैगरी, सिद्धार्थ एकेडेमीका एलिसन गिरी, आर्सिका गौतम र प्रतिविम्व पन्थी द्वितीय भएका छन् । उक्त प्रतियोगितामा लिटिल एन्जलका अहिल्या गिरी, विवेक पुन र सन्ध्या रोका तृतीय भएका छन् भने गुरुकुल एकेडेमीका आर्यन घर्ती, सोहम खनाल र सुभेच्छा पान्डेले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा ३० ओटा विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष रामलौटन चौधरी, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी र प्याब्सन घोराहीका प्रमुख सल्लाहकार वीरेन्द्र चन्दले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  प्याब्सन घोराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस