जेठ २०, काठमाडौं
चर्चित कलाकार घनश्याम गौतमको निधन भएको छ। टेलिशृंखला र प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्यारिकेचर गरेर चर्चा कमाउनुभएका गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको हो।
गौतम दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर अस्पतालमा उपचाररत रहँदै गर्दा उहाँको निधन भएको हो।
रङ्गमञ्चमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक र कचहरीजस्ता प्रस्तुतीहरूमा पनि सहभागी हुनुहुन्थ्यो।

