विमला केसी
घाेराही, ६ असार । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा नेपाल जुनियर रेडक्रस सर्कल पूनर्गठन गरिएकाे छ ।

जुनियर रेडक्रस सर्कलका सचिव प्रणित रिजालकाे अध्यक्षता एवम् नेपाल रेडक्रस साेसाइटी घाेराही उपशाखा सभापति थम्मन चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमले स्मारिका चाैधरीकाे अध्यक्षतामा १३ सदस्यीय सर्कल गठन गरेकाे छ । सर्कलकाे उपाध्यक्षमा समिर नेपाली, सचिवमा श्रीया पुन, उपसचिवमा विजय अधिकारी, कोषाध्यक्षमा आरती जिसी, सहकोषाध्यक्षमा सृष्टि केसी रहेका छन् । यसैगरी सदस्यहरुमा टीका लामिछाने, सुप्रिया बस्नेत, स्वस्तिका बुढाथोकी, गिरिसा पाण्डे, अनिता सुनार, राधिका बुढा, इसा भण्डारी रहेका छन्। सर्कलकाे संरक्षकमा विद्यालयका प्रिन्सिपल महेश बस्नेत, शिक्षक नायकमा किशु खड्का र सहशिक्षक नायकमा सन्दिप चाैधरी रहनुभएकाे छ ।

सर्कलका उपाध्यक्ष दिपेश नेपालीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा विद्यालयकी कार्यक्रम संयाेजक विमला केसीले कार्यक्रममाथि प्रकाश पार्नु भएकाे थियाे भने रेडक्रसको स्थापना, उद्देश्यलगायतका विषयमा प्रमुख अतिथि थम्मन चौधरीले  जानकारी गराउनुभएको थियो। 

कार्यक्रममा रेडक्रस साेसाइटी घाेराही उपशाखा सचिव इन्द्र बुढाथोकी र सदस्य शशिधर पाेख्रेलकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण जुनियर रेडक्रस सर्कलकी सचिव श्रीया पुनले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस