जेठ २३, काठमाडौँ । प्राकृतिक प्रकोपहरू मध्ये चट्याङ पनि एक गम्भीर र जोखिमयुक्त घटना हो। प्रत्येक वर्ष देशभर चट्याङका कारण धेरै नागरिकले ज्यान गुमाउने गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालू वर्षको वैशाख १ गतेदेखि जेठ २२ गते (हिजो बिहीबार) सम्म देशभर चट्याङका १०२ वटा घटना भएका छन्। ती घटनामा १४ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्।

चट्याङसम्बन्धी विज्ञहरूको भनाइअनुसार वैशाख, जेठ र भदौ महिनामा चट्याङको सम्भावना बढी हुन्छ। विशेषगरी वैशाख–जेठमा चट्याङ अत्यधिक पर्ने गरेको पाइन्छ, भने असार–साउनमा बादल लागे पनि चट्याङको जोखिम तुलनात्मक रूपमा कम हुन्छ।

यस वर्षको मनसुन देशभर प्रवेश गरिसकेको छ। मनसुन सक्रिय हुँदा भारी वर्षासँगै बाढी, पहिरो, डुबान र चट्याङजस्ता प्रकोपहरूको सम्भावना उच्च रहन्छ। चट्याङ लागेपछि सर्वसाधारणमा त्रास फैलिनु सामान्य हो, तर यस्ता बेला सावधानी अपनाएर सुरक्षित रहन सकिन्छ।

प्राधिकरणले चट्याङबाट बच्नका लागि अपनाउन सकिने सुरक्षाका उपायहरूसमेत सुझाएको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस