काठमाडौं, जेठ २५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे स्कटल्याण्डको डुण्डेमा सुरु हुनेछ।

नेपालले यसअघिका दुवै खेलमा जित हात पारिसकेको छ। पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाल अपराजित रहँदै सिरिजको तेस्रो जित निकाल्ने लक्ष्यमा छ।

हालसम्मको अंकतालिकामा नेपाल १० अंकसहित सातौँ स्थानमा छ। एकदिवसीय मान्यता जोगाउने र विश्वकप छनोटमा पुग्ने लक्ष्यसहित नेपाल लिग–२ अन्तर्गतका बाँकी सबै खेल जित्नुपर्ने दबाबमा छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस