असार ०२, हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा गएराति भीषण आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन्। आगलागी राति साढे १२ बजे सुरु भएको हो।
वडाध्यक्ष अकिल कार्कीका अनुसार, आगलागीका कारण घरमा रहेका अन्नपात, लत्ताकपडा लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। तर, मानिसहरू र गाईवस्तु केही समयदेखि लेकमा रहेकोले मानवीय तथा पशुचौपायाको क्षति भने भएको छैन।












