गुल्मी, असार ४ – पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बामा सोमवार दिउँसो खसेको सुक्खा पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएको थियो। पहिरो आंशिकरूपमा हटाइएपछि मंगलबार साँझदेखि सडक एकतर्फी रुपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।

सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र अन्य उपकरण प्रयोग गरी पहिरो हटाएपछि सवारी आवागमन सम्भव भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताए।

स्थानीय प्रशासनले पूर्णरूपमा सडक खुलाउन थप प्रयास भइरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस