दाङ, असार १३ । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ।

गाउँपालिकाकी उपाध्यक्ष पिमा वली (खड्का)ले मंगलबार सभामा प्रस्तुत गरेको उक्त बजेट बिहीबार सम्पन्न १९ औँ गाउँसभाको तेस्रो बैठकले अनुमोदन गरेको हो।

सोही बैठकमा गाउँपालिकाको मटावा प्रणालीको संरक्षण, प्रवर्द्धन तथा विकाससम्बन्धी तयार गरिएको विधेयक पनि निर्णयार्थ पेश गरिएको थियो, जसलाई समेत सर्वसम्मत रुपमा पारित गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिनुभयो।

यसअघि आइतबार प्रारम्भ भएको गाउँसभाको अधिवेशनमा अध्यक्ष गिरीले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस